तनहुँ– जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गर्दा सोही ठाउँमा रहेका अभिनेता पल शाहले भने पाएका छैनन्।
कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट अन्य कैदीबन्दीले मतदान गरेका हुन्। ५० पुरुष र ४ महिला गरि कुल ५४ जनाले मतदान गरेका छन्। उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।
बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन्। कारागार स्रोतका अनुसार उनले मतदाता परिचयपत्र नबनाउँदा मतदानबाट बञ्चित भएका हुन्।