काठमाडौं । अभिनेता राजेश हमालले मतदान गरेका छन् । आइतबार काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट अभिनेता हमालले मतदान गरेका हुन् ।
मतदानपछि हमालले पाँच वर्षमा आफूलाई उम्मेदवारको रुपमा देख्न पाइने समेत बताए । उनले यसपटकको निर्वाचनले राजनीतिमा ठुलो परिवर्तन आउने सक्ने बताए ।
यो पनि पढ्नुहोस् – जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गर्दा सोही ठाउँमा रहेका अभिनेता पल शाहले भने पाएका छैनन्।
कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट अन्य कैदीबन्दीले मतदान गरेका हुन्। ५० पुरुष र ४ महिला गरि कुल ५४ जनाले मतदान गरेका छन्। उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।