काठमाडौं– आइतबारदेखि विश्वकप फुटबलको २२ औं संस्करण मध्य एसीयाली मुलुक कतारमा सुरु भएको छ। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरको प्रतिस्पर्धासँगै अबका तीन साता भन्दा बढी प्रतियोगिताको रोचक खेल देख्न पाइनेछ।
सन् १९३० मा उरुग्वेदेखि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आयोजना गरेको प्रतियोगित निरन्तर २०२२ सम्म जारी छ। तर, यसबीचमा ८ बर्ष विश्वकप प्रतियोगिता हुन सकेन। सन् १९३८ मा भएको प्रतियोगित १९४२ र १९४६ मा हुन पाएन। १९५० देखि भने पुनः प्रत्येक चार बर्षमा यो प्रतियोगिता निरन्तर भइरहेको छ।
फिफा विश्वकप सन् १९४२ मा आयोजना गर्ने योजना नभएको होइन। जर्मनीले १३ अगस्ट १९३६ मा बर्लिनमा भएको २३ औं फिफा कांग्रेसमा १९४२ फिफा विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आवेदन दियो। जुन १९३९ मा, ब्राजिलले पनि प्रतियोगिता आयोजना गर्न आवेदन दियो। सेप्टेम्बर १९३९ मा युरोपेली शत्रुताको शुरुवातले आयोजक देश चयन गर्नु अघि १९४२ को विश्व कप रद्द गर्न थप योजनाहरूलाई प्रेरित ग¥यो। फिफा प्रतियोगिता हुन सकेन।
द्वितीय विश्वयुद्धको दौरान, फिफाले आफैंलाई चलाउन संघर्ष गरेको थियो। योसँग शत्रुता समाप्त हुँदा शान्तिका लागि प्रतियोगिता योजना गर्ने कुनै वित्तीय वा कर्मचारी स्रोतहरू थिएन।
१९४५मा युद्ध समाप्त हुँदा, यो स्पष्ट थियो कि फिफाले १९४६ को विश्वकपको योजना र तालिकाको एक वर्षमा कुनै आशा राख्दैन थियो।
तर शान्ति भएपछि फिफाले सन् १९५० देखि भने विश्वकपलाई निरन्तरता दिने निर्णय गरेपछि आजसम्म २२ औं संस्करण हुन लागेको हो।
विश्वकपमा विभिन्न रोचक तथ्य रचिएका छन्। खेलका दौरान विभिन्न विधामा खेलाडी पुरस्कृत हुने क्रम पनि निरन्रता पायो। यहि क्रममा हामीले हालसम्म विश्वकप प्रतियोगितामा सन् १९३० देखि २०१८ सम्ममा भएका प्रतियोगितामा कुन देशका कुन खेलाडीले कति गोल गरेर गोल्डेन बुट प्राप्त गरे भन्ने पनि खोजीनीति गरेका छौं।
सन् १९३० मा ८ गोल गर्दै अर्जेन्टिनाका गुइलेर्मो स्टाबाइलले गोल्डेन बुटमा कब्जा जमाए। चेकोस्लोभाकियाका ओल्ड्रिच नेजेड्लीले सन् १९३४ मा सर्वाधिक ५ गोल खातामा पारेपछि गोल्डेन बुटका हकदार भए।
लियोनिडासले ब्राजिलका तर्फबाट नीजि ७ गोल, ब्राजिलकै एडमिरले ८ गोल गरी क्रमशः १९३८ र १९५० को गोल्डेन बुटमा हक जमाए।
हंगेरीका सान्दोर कोकसिसले ११ गोल गर्दै १९५४ मा आफूलाई गोल्डेन बुटका योग्य खेलाडीमा स्थापित गर्दा फ्रान्सका जस्ट फनटेनले १३ गोलको किर्तिमान राख्दै १९५८ मा गोल्डेन बुटमा कब्जा जमाए।
सन् १९६२ को विश्वकपमा भने गारिन्चा, भाभाले ब्राजिल, लियोनल सान्चेजले चिलि, फ्लोरियउन अल्बर्टले हंगेरी, ड्रजन जर्कोभिकले युगोश्लाभिया र भ्यालेन्टिन ल्यानोभले सोभियत युनियनका लागि समान ४–४ गोल गरेर गोल्डेन बुटमा दाबी जमाएका थिए।
इयुसेयिबोले पोर्चुगलका लागि ९ गोल गर्दै १९६६, जर्ड मुलरले १० गोल गर्दै १९७० को विश्वकपमा पश्चिम जर्मनीका लागि गोल्डेन बुट प्राप्त गरेका थिए।
पोल्यान्डका लाटो, अर्जेन्टिनाका मारियो केम्पेस, इटलीका पाओलो रोस्सी, इंग्ल्यान्डका ग्रे लिंकरले क्रमशः ७, ६, ६, ६, गोल गर्दै सन् १९७४, १९७८, १९८२ र १९८६ मा गोल्डेन बुट पोल्टामा पारेका थिए।
साल्भाटोरे स्चिलाचीले इटलीका लागि सन् १९९० को गोल्डेन बुट लग्दा छ गोल गरेका थिए भने १९९४ मा रसियाका ओलेग सालेन्को र बुल्गेरियाका हृस्टो स्टोचोकीले समान ६–६ गोल गर्दै हकदाबी प्रस्तुत गरेका थिए।
क्रोएसीयाका डाभोर सुकरले सन् १९९८ मा ६ गोल गरी हक जमाएको गोल्डेन बुटमा ८ गोल गर्दै ब्राजिलका रोनाल्डोले २००२ मा आफ्नो नाममा गोल्डेन बुटको इतिहास कायम गरिदिए।
जर्मनीका मिरोस्लाभ क्लोज र थोमस मुलरले क्रमशः सन् २००६ र २०१० मा ५–५ गोल गरी गोल्डेन बुट लगेका थिए। यसपछिको सन् २०१४ को विश्वकपमा कोलम्बियाका जेम्स रोड्रिग्वेजले ६ गोल गरी हात पारेको गोल्डेन बुट पछिल्लो सन् २०१८ को विश्वकपमा इंग्ल्यान्डका हेरी केनले ६ गोल गरी हातमा पारेका थिए।
सन् २०२२ को विश्वकपमा भने कसले गोल्डेन बुटमाथि कब्जा जमाउलान् त्यो चाहिँ हेर्न बाँकी छ। यस पटक विश्वकपमा डेब्यु गरेका नयाँ खेलाडीले इतिहास रच्लान् कि पुरानाको बर्चश्व रहला खेलहरूले देखाउने नै छन्।