उडेको एक घण्टा नबित्दै विमान दुर्घटना, ४ जनाको मृत्यु-Sutra News

उडेको एक घण्टा नबित्दै विमान दुर्घटना, ४ जनाको मृत्यु

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

सान फ्रान्सिस्को – संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका छन् ।



सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो । शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो । स्नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ । दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र सङ्घीय उड्डयन प्रशासनद्वारा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट