काठमाडौं– फिफा विश्वकप २०२२ अन्तर्गत कतारमा जारी समूहचरणको खेलमा मंगलबार साउदी अरेबियाले कोपा अमेरिका बिजेता अर्जेन्टिनालाई २–१ गोलले दबाबमा राखेको छ।
खेलको पूर्वाद्धमा १–०ले पछि परेको साउदी उत्तरार्धको ५ मिनेटमा २ गोल फर्काउँदै विश्वचर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीको मुलुकलाई दबाबमा राखेको हो।
दोस्रो हाफको ४८ र ५३ मिनेटमा साउदीका लागि सलेह अलसेहरीले र सलिम अलदावसरीले गोल गरेका थिए। यसअघि अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए।