कमेडियन हिमेश पन्तले गरे मतदाताप्रति अपमानजनक टिप्पणी, ‘भोट चाहिए रक्सी खुवाउनुस्’ भने-Sutra News

कमेडियन हिमेश पन्तले गरे मतदाताप्रति अपमानजनक टिप्पणी, ‘भोट चाहिए रक्सी खुवाउनुस्’ भने

बुधबार, ७ मंसिर २०७९

बुधबार, ७ मंसिर २०७९

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले मतदातासँग आक्रोश पोखेका छन् । नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग ठूलो मतान्तरले पछि परेपछि पन्तले मतदातामाथि आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जालमार्फत मतदाताप्रति अपमानजनक टिप्पणी गर्दै रक्सी र मासुमा बिकेको गम्भिर आरोप लगाएका छन् ।



उनले आफू भोट माग्न जाँदा मतदाताले जस्ले दिन्छ नोट, उसैलाई भोट भनेको बताएका छन् । उनले भने – ‘हामी प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन ।’

उनले लेखेको स्टाटस यस्तो छ – ‘करोडौ करोड खर्च गरेर चुनाब लड्नेहरुसॅग २/४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा 5 ओटा गाउपालिका र 1 ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन। हामी प्रचार-प्रसारमा हिड्दै गर्दा “जस्ले दिन्छ नोट, उसैलाई भोट।” भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त “भोट चाहिए रक्सी खुवाउनुस्।” सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौ जस्तो हुदै हैन। निर्वाचन आयोगले दिएको 12/13 दिनको प्रचार-प्रसारमा 53 ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो। म यत्ति भन्न सक्छु हामीले ल्याउदै गरेको भोट : मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर-धम्कीबाट आएको भोट हैन। विना-संगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव… मुख्यमन्त्री राजेन्द्र पाण्डेसॅग भिड्ने दम कुनै युवामा थियो ??….सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो। 🙏❤️’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट