फेरि खुल्यो पाकिस्तान–अफगान सीमा-Sutra News

फेरि खुल्यो पाकिस्तान–अफगान सीमा

बुधबार, ७ मंसिर २०७९

बुधबार, ७ मंसिर २०७९

काबुल–अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि बन्द पाकिस्तान र अफगान सीमा खुलेको छ । बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको सीमावर्ती सहर चमनका अधिकारी शहजाद जेहरीले दुई देशबीचको सीमा खुला पुनः खोलिएको पुष्टि गरे ।



‘अवरोध अन्त्य भएको छ र दुई देशबीच पैदल यात्रु र व्यापारलगायत सबै प्रयोजनका लागि आवतजावत पुनः सुरु भएको छ’, उनले भने, आइतबार पाकिस्तान र अफगान अधिकारीबीचको बैठकपछि चमन सीमा नाका पुनः खोल्ने निर्णय भएको थियो । बैठकमा अफगान अधिकारीहरूले सो घटनाप्रति खेद प्रकट गर्दै  कारबाहीको आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट