काठमाडौं – काभ्रेमा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । शनिवार साझँ रोशी गाउँपालिका(९ मंगलटार बस्ने २२ वर्षीय आशिष भुजेलको अरिङ्गालले टोकेर ज्यान गएको हो ।
सोही ठाउँस्थित जंगलमा सल्लाको रुखमा रहेको अरिङ्गाल पोल्न जाँदा अरिङ्गालले टोकेर रुखबाट लड्दा उनी गम्भीर घाइते भएका थिए । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।