काठमाडौं – काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा सोमबार तनाव सिर्जना भएको छ । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव शुरु भएको हो । बस्ती हटाउन डोजर लिएर पुगेका काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथि पनि सुकुम्बासी बस्तीका बासिन्दाले ढुंगामूढा गरेका थिए ।
ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी, महानगर प्रमुख लगायत कर्मचारीको नर्भिकमा उपचार भइरहेको छ । सुकुम्बासीले ढुंगा प्रहार गर्दा महानगरका दुई दर्जनभन्दा बढी घाइते भएको जनाइएको छ । बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले काठमाडौंका मेयर बालेन साहविरुद्ध चर्को नारा पनि लगाए् ।