काठमाडौं महानगरले सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेको भन्दै मन्त्री भसालले भनिन् – यो राम्रो होइन-Sutra News

काठमाडौं महानगरले सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेको भन्दै मन्त्री भसालले भनिन् – यो राम्रो होइन

सोमबार, १२ मंसिर २०७९

सोमबार, १२ मंसिर २०७९

काठमाडौं – ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुकुम्वासीमाथि  बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् ।  सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।



‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो । स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् ।

यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट