काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका बासिन्दाले मंगलबार पनि काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंका मेयर बालेन शाह विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
आफूहरुको उचित व्यवस्थापन विना हटाउन खोजेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगरको कार्यालय पुगेर नाराबाजी गरेका हुन् । सोमबार महानगरको टोली बस्तीमा पुगेपछि दुई पक्षबीच झडप भएको थियो ।
झडपमा महानगर प्रमुखसहित दर्जन कर्मचारी घाइते भएका थिए । एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेपछि महानगरकने टोली त्यहाँ पुगेको थियो । सोमबार झडप भएपछि थापाथली क्षेत्र अशान्त बनेको छ ।