काठमाडौं – मिस अर्थमा नेपालले जित हासिल गरेको छ । पेजेन्टको सबटाइटल इको भिडियो प्रतिस्पर्धामा नेपाल उत्कृष्ट भएको हो । नेपालकी सरिशा श्रेष्ठले विश्वसामु नेपालको नाम राख्न सफल भएकी हुन् ।
अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशाले नेपालको नाम राख्न सफल भएकी हुन् । फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितिन् ।
उनलाई पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाएकी थिइन् । यो विधामा नेपालको पहिलो उपलब्धि हो । यसका विश्वका ८६ जना सुन्दरीले पेजेन्टमा प्रतिस्पर्धा गरेका थिए ।