काठमाडौं – गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा १७ वर्षिया नेपाली किशोरी परिजिता बाँस्तोलाले राम्रो प्रस्तुति दिएकी छिन् ।उनले आफ्नो सुमधुर स्वरले अन्तिम आठमा प्रवेश गर्न सफल भएकी छिन् । बुधबार बिहान भएको एपिसोडबाट उनी अन्तिम आठमा प्रवेश गरेकी हुन् भने २ जना आउट भए ।
परिजिताले सो एपिसोडमा एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गएकी थिइन् । उनको सो गीत जजलले निकै मन पराए । अहिले उनलाई निक जोनस, प्रियंका चोपडा लगायतका कलाकारले पनि जिताउन आग्रह गरिरहेका छन् । नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन् ।
उनले भालारी हार्डिङ र पेटन एल्ड्रिजलाई हराउँदै नकआउट राउण्ड जितेकी थिइन् भने चारै जना कोचको कुर्सी घुमाउन पनि सफल भएकी थिइन् ।