काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनावत । सानैदेखि विद्रोही र बोल्ड कंगना अहिले पनि बलिउडमा दह्रो बन्न सफल भएकी छिन् । उनले आफ्नो सपना पूरा गर्न १६ वर्षको उमेरमा घर छोडेकी थिईन् । उनलाई यहाँसम्म आइपुग्न कसैको आवश्यकता पनि परेन ।
आफ्नै संघर्षबाट उनी चिनिएकी छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । केही दिनअघि कंगनाले एउटा तस्विर शेयर गर्दै यो पनि लेखेकी थिइन् – ‘मेरो जन्मदिनको महिना, हजुरआमाको कथा सुन्दै हुर्किएकी छोरी जन्मिएपछि एक बहिनीले सबैलाई निराश बनायो। तर उनले कुनै आपत्ति गरिन किनभने म थिएँ। ज्यादै सुन्दर।’
उनले थपिन् ‘त्यसैले मसँग बिहे गर्नु ठूलो बोझ हुनेछैन। मेरा यी कुरा सुनेर हाँस्थे तर धेरै चोटि मन दुख्यो । धेरै अध्ययन, पुस्तकहरू, अनुसन्धानहरूले देखाउँछन् कि इतिहासमा ठूलो सफलता हासिल गर्ने असाधारण व्यक्तिहरूलाई या त समाज वा परिवारहरूले अस्वीकार गरे वा कम मूल्याङ्कन गरे।’
१६ वर्षको उमेरमा १२ कक्षा पूरा गर्नेबित्तिकै घरबाट भागेपछि उनलेमोडल बन्ने निर्णय गरेकी थिइन् र यसका लागि उनी चण्डीगढबाट दिल्ली भागेकी थिइन् ।खासमा उनकी आमाले उनको विवाहको योजना पनि बनाएको थाहा पाएपछि घरबाट भागेकी थिइन् ।