युक्रेनी प्रथम महिलाको आरोप – रुसी सेनाले बलात्कार गर्न उक्साहट गरे-Sutra News

युक्रेनी प्रथम महिलाको आरोप – रुसी सेनाले बलात्कार गर्न उक्साहट गरे

बुधबार, १४ मंसिर २०७९

बुधबार, १४ मंसिर २०७९

एजेन्सी – युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले रुसी सेनाले आफ्नो देशमा जारी आक्रमणमा बलात्कार र यौन दुव्र्यवहारलाई ‘हतियार’को रूपमा प्रयोग गरिरहेको बताएकी छन् । लन्डनमा द्वन्द्वको समयमा यौन हिंसाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रथम महिला जेलेन्स्काले उक्त आरोप लगाएकी हुन् ।



४४ वर्षीया जेलेन्स्काले रुसी सैनिकका श्रीमतीले युक्रेनी महिलालाई बलात्कार गर्न उत्प्रेरित गरेको पनि दाबी गरेकी छिन् । रुसले युक्रेनमा हमला गरेदेखि नै आक्रमणकारीहरूले ‘व्यवस्थित र खुला रूपमा’ यौन हिंसा गरेको ओलेनाले बताइन् ।

युक्रेनमा खटिएका रुसी कमान्डरहरुले सेनालाई बलात्कार गर्न उत्प्रेरित गरेको विवरण यसअघि सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट