पेनाल्टीमा गोल गर्न असक्षम हुँदा पनि जारी विश्वकपमा चम्किएका मेस्सी-Sutra News

पेनाल्टीमा गोल गर्न असक्षम हुँदा पनि जारी विश्वकपमा चम्किएका मेस्सी

बिहिबार, १५ मंसिर २०७९

बिहिबार, १५ मंसिर २०७९

काठमाडौं– पोल्यान्डविरुद्ध पाएको पेनाल्टीलाई क्याप्टेन लियोनल मेस्सीले सदुपयोग गर्न नसके पनि जारी विश्वकपमा २–० को जीतसँगै अर्जेन्टिनाको नकआउट चरणको यात्रा तय भइसकेको छ।



कतारमा जारी फिफा विश्वकपमा मेस्सीको लयले कति प्रभावशाली काम गर्ला त्यो हेर्न बाँकी छ तर उनी चर्चाको एक केन्द्रविन्दु हुन्।

साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यी प्रदर्शनका सफलताका जस मेस्सीले पाउनु स्वभाविक बन्छ किनभने असफलताको कारण पनि उनलाई नै देखाइने सम्भावना हुन्थ्यो।

दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर र म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गरेको गोलले अर्जेन्टिनालाई सहज विजेता बनाउन मेस्सीको भूमिकालाई विर्सन मिल्दैन।

मेस्सीको चर्चा किन पनि छ भने उनले खेल जीवनको अन्तिम विश्वकप खेल्दैछन्। गोल गर्न सफल नभए पनि विश्व चर्चामा रहेका मेस्सी को हुन्? भनी खोजी गरिएको छ।

इटालियन मूलका मेस्सीको पूरा नाम लियोनल मेस्सी भनिए पनि उनलाई लियोका रुपमा पनि सम्बोधन गरिन्छ। २४ जुन १९८७ मा जन्मिएका लियो परिवारका तेस्रो अर्थात् साहिला सन्तान हुन्। उनका बुवा जर्ज मेस्सी र आमा सेलिया मेस्सी हुन्। लियोका बुवा एउटा स्टील फ्याक्ट्रिका म्यानेजर थिए।

जादुमयी खेलका महारथीका रुपमा मेस्सीको उदय युगिन् मानिन्छ। सानैदेखि उनको फुटबल कौशलतामा अब्बल थिए। उनको ड्रिविलिङ, असिस्ट र गोल गर्ने कलासँग धेरै प्रभावित छन्। कतिपयले त उनलाई फुटबलको भगवान नै भन्छन्।

लियोको फुटबलमा महाउदय सन् २००३ देखि भयो। उनलाई स्पेनी क्लब बार्सिलोनाले सन् २००३ देखि २००५को बीचमा पहिलो टोलीमा अटाउने गरी डेब्यु गरायो। बेञ्चमा राखेर नै मोका दिँदै लियोको खेल कौशलताको बार्सिलोनाले भरपूर फाइदा लिएको थियो।

उनलाई २००५पछि भने ‘स्टार्टिङ इलेभेन’का रुपमा अगाडि बढायो। सोही बेला उनले सिनियर टिमका लागि बार्सिलोनासँग सम्झौता गरेका थिए।

सन् २००८ मा ब्राजिलियन रोनाल्डिन्होलाई बार्सिलोनाबाट विदा गरेपछि लियोलाई १० नम्बरको जर्सी दिइयो। उनले बार्सिलोनामा फेरि सम्झौता गरेपछि क्लवलाई लयमा फर्काए।

सन् २००९पछि २२ बर्षको उमेरमा क्लवलाई विभिन्न जीत निकाल्दै मेस्सीले पहिलो बालोनडिआर जीते। उनले सन् २०१० पछि भने पाँचौ लालिगा टाइटल र तेस्रो च्याम्पियन लिग पनि जीताए।

लियोका लागि सन् २०१२ भने रेकर्ड ब्रेकिङ बर्षका रुपमा रह्यो। उनको यो यात्राले निरन्तरता पायो। बार्सिलोनालाई सफलतामाथि सफलताको यात्रा दिलाएका लियोका लागि सन् २०१५–१६ घरेलु सफलताको बर्ष बन्यो।

यो उपक्रममा फुटबलमा विभिन्न सरप्राइज खेल देखाएका मेस्सीले २०१६–१७ मा चौथो गोल्डेन बुट हात पारे। २०१७–१८ मा पाचौं गोल्डेनबुट जितेका मेस्सी यतिमा रोकिएनन्। २०१८–१९ मा बार्सिलोनाको क्याप्टेन बन्दै छैठौं गोल्डेन बुटमा कब्जा जमाए। ला लिगामा मेस्सीको सर्वाधिक चर्चा हुन थाल्यो।

तन, मन र धन नै फुटबलका लागि खर्च गरेका शालिन स्वभावका लियोले २०१९–२० अर्को रेकर्ड कायम गर्दै छैठौं बालोनडिओर पाए।

उनले सन् २०२० मा भने बार्सिलोना छाड्ने इच्छा देखाएका थिए। त्यसको एक बर्षमा भने उनले उक्त क्लव छाडेका थिए।

सन् २०२१ मा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)मा करिअरलाई निरन्तरता दिएका मेस्सीले सातौं बालोनडिओरमा आधिपत्य जमाए। उनी अहिले सोही क्लबबाट फ्रान्सको लिगमा सक्रिय छन् भने विश्वकपमा अर्जेन्टिनाको जीत निकाल्न तत्पर छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट