काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार संयम पुरी विवाह बन्धनमा बाधिँएका छन् । उनले अभिनेत्री आश्मा डीसीसँग विवाह गरेका हुन् । विवाहमा यो जोडी निकै खुशी र सुन्दर देखिएका छन् । झण्डै २०० जना जन्तीको उपस्थितिमा विवाह सम्पन्न भएको छ ।
विवाहमा कलाकारहरुको पनि उपस्थिति थियो । नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टीको आयोजना हुँदैछ । आश्माले ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् ।
यस्तै संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य लगायतका फिल्ममा अभिनय गरेका छन् । आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् भने यम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् ।