‘एनआईसी एशियाको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० जनालाई निःशुल्क विश्वकप फाइनल देखाउने-Sutra News

‘एनआईसी एशियाको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० जनालाई निःशुल्क विश्वकप फाइनल देखाउने

आइतबार, १८ मंसिर २०७९

आइतबार, १८ मंसिर २०७९

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबलप्रेमी ग्राहकहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।



साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

एनआईसी एशियाले मुलुकभरी सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट