श्रीमानसँग सम्बन्ध बिग्रिएको चर्चाबीच बक्सिङ सिक्दै वर्षा सिवाकोटी-Sutra News

श्रीमानसँग सम्बन्ध बिग्रिएको चर्चाबीच बक्सिङ सिक्दै वर्षा सिवाकोटी

आइतबार, १८ मंसिर २०७९

आइतबार, १८ मंसिर २०७९

काठमाडौं – विवाहपछि कुनै फिल्ममा नदेखिएकी नायिका वर्षा सिवाकोटी अब भने कमब्याक गर्ने तयारीमा छिन् । उनी फिल्ममा फर्किनका लागि अहिले कडा रुपमा कसरत गर्नमा व्यस्त छन् । पिल्मकै लागि उनले केही समयदेखि बक्सिङ सिकिरहेको बताइएको छ ।



करिअरलाई विश्राम दिदै अमेरिकामा नै रहने उनको सोच पुरा नभएपछि अब फिल्म क्षेत्रमा नै बलियो रुपमा लाग्दैछिन् । यस कारण, उनी बक्सिङमा सिक्न लागि परिरहेकी छन् ।

यो बर्ष अचानक बिहे गरेकी उनले उनले बिहे गरेको खबरले उनका फ्यान र मिडियाकर्मीलाई अचम्मित बनाइदिएको थियो । बिहेको केही महिनापछि श्रीमान्सँग रहन भन्दै अमेरिका गएकी वर्षा २ महिनामै नेपाल फर्किएपछि डिभोर्सको समेत चर्चा थियो । तर त्यो पनि अहिले सेलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट