स्कटल्याण्डसँग नेपाल तीन विकेटले पराजित-Sutra News

स्कटल्याण्डसँग नेपाल तीन विकेटले पराजित

आइतबार, १८ मंसिर २०७९

आइतबार, १८ मंसिर २०७९

नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले पराजित गरेको छ ।



नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । स्कटल्याण्डलाई जित दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल,  गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए ।​

विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट