स्टन्ट गर्दै गर्दा डोरी चुडिएर खसे स्टन्ट म्यान एस सुरेश, केहीछिनमै गयो ज्यान-Sutra News

स्टन्ट गर्दै गर्दा डोरी चुडिएर खसे स्टन्ट म्यान एस सुरेश, केहीछिनमै गयो ज्यान

सोमबार, १९ मंसिर २०७९

सोमबार, १९ मंसिर २०७९

काठमाडौं – भारतिय अभिनेता तथा स्टन्ट म्यान एस सुरेशको मृत्यु भएको छ । सेटमा अचानक दुर्घटना हुँदा ५४ वर्षीय स्टन्ट म्यानको मृत्यु भएको हो । विजय सेतुपतिले निर्देशन गरेको फिल्ममा स्टन्ट गर्दै गर्दा सुरेश दुर्घटनामा परेको भारतिय मिडियामा जनाइएको छ ।



राष्ट्रिय पुरस्कार विजेता निर्देशकको फिल्म विदुथलाईको सुटिङका क्रममा भएको दुर्घटना भएको हो । फिल्मको छायांकन वन्दलुरमा भइरहेको थियो । वास्तवमा, सुरेश मुख्य स्टन्ट निर्देशकसँग सहायकको रूपमा काम गरिरहेका थिए। त्यहाँ एउटा भव्य सेट राखिएको थियो, जहाँ ध्वस्त रेलको भग्नावशेष राखिएको थियो।

डोरीले बाँधेर पनि जम्पिङको स्टन्ट प्रदर्शन गर्नुपरेको थियो । रिपोर्टका अनुसार सुरेशलाई डोरीको सहायताले क्रेनमा बाँधिएको थियो । तर दृश्य सुरु हुनेबित्तिकै डोरी फुटेर स्टन्ट म्यान सुरेश तल खसेका थिए । सुरेश करिब २० फिट उचाइबाट तल खसेका थिए । त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट