सेयर बजार १.२५ प्रतिशतले ओरालो-Sutra News

सेयर बजार १.२५ प्रतिशतले ओरालो

सोमबार, १९ मंसिर २०७९

सोमबार, १९ मंसिर २०७९

काठमाडौं – साताको दोश्रो कारोबार दिन साेमबार नेप्से परिसूचकमा १.२५ प्रतिशतले ओरालो लागेको छ । आइतबार २.१६ अकले वृद्धि भएको नेप्से साेमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ ।



यस्तै, सेन्सेटिभ इन्डेक्सममा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७  हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४  लाख  बढीको कारोबार भएको छ ।

यस्तै १८९  कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावर ३.१२ प्रतिशत, एनआइसि एसिया २.५६  प्रतिशतले वृद्धि भएको छ ।

यता,  रिडी पावर कम्पनीमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ, शिभम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ र नबिल बैंक ८ करोड ४७ लाख बढीको कारोबार छ ।सोमबार सबै उप सुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्समा २ प्रतिशत बढिले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट