जापानलाई हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ ।
कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा ३-१ ले हराएको हो ।
खेलको ४३ औँ मिनेटमा जापानका लागि डेजन मायदाले गोल गरेका थिए ।
यता क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो ।
थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।
क्रोएसियाले क्वाटर फाइनलमा आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।