काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंलबारकाे लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५७ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १७ पैसा तोकिएको छ। मंगलबार ६ पैसाले वृद्धि भएको अमेरिकी डलर सोमबार भने १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो ।
याता, युरोपियन युरो ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र विक्री दर १३८ रुपैयाँ ५० पैसा कायम रहेको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिद दर १३६ रुपैया ८३ पैसा विक्री दर १३७ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।अष्ट्रेलियन डलर ४१ पैसाले वृद्धि भइ एकको खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, क्यानेडियन डलर ४४ पैसाले उकालो लागेको छ भने सोमबार ३३ पैसाले ओरालो लागेका थियो । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा कायम रहेको छ । सिंगापुरे डलर ४४ पैसाले उकालो लागी एकको खरिद दर ९६ रुपैयाँ ८२ पैसा र विक्री दर ९७ रुपैयाँ २६ पैसामा खरिद बिक्री भइरहेको छ ।
जापानी येन १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र विक्रीमा ९ रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ।
साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३४ खरिद दर ८९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा विक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।