भाइलाई दुलही पाउन गाह्रो, विवाह गरिदिन यी दिदीले गर्दैछिन् १२ वर्षदेखि पैसाको जोहो, भाइ कै लागि किनिन् घर र नयाँ कार-Sutra News

भाइलाई दुलही पाउन गाह्रो, विवाह गरिदिन यी दिदीले गर्दैछिन् १२ वर्षदेखि पैसाको जोहो, भाइ कै लागि किनिन् घर र नयाँ कार

मंगलबार, २० मंसिर २०७९

मंगलबार, २० मंसिर २०७९

एजेन्सी – हालै एक चिनियाँ महिलाले आफ्नो भाइलाई पत्नी खोज्नका लागि पर्याप्त पैसा जुटाउन आफ्नो जीवनको पछिल्लो १२ वर्ष बिताएको दाबी गरेपछि अनलाइनमा विवाद छाएको छ ।



यो सबैलाई थाहा भएको विषय हो कि चीनमा पत्नी पाउन अन्य देशहरूमा भन्दा गाह्रो छ । चीनको अलोकप्रिय एक–सन्तान नीतिको अप्रत्याशित प्रभावमध्येको एक लैंगिक असमानता पनि हो ।

दशकौंदेखि धेरै दम्पतीहरू विशेष गरी ग्रामीण क्षेत्रहरूमा छोराको आशमा गर्भपतन गर्छन् । यसले चीनमा गम्भीर लैंगिक असमानता सिर्जना गरेको छ । पुरुषहरूलाई विवाहका लागि महिला पाउन गाह्रो भएको छ । त्यसैले कतिपय अवस्थामा उनीहरूका परिवारले पुरुषलाई उपयुक्त दुलही खोज्ने सम्भावना बढाउन आर्थिक सहयोग प्रदान गर्छन् ।

गरिब परिवारका पुरुषले बेहुली पाउने सम्भावना यति कम छ कि केही क्षेत्रहरूले छिमेकी देशहरूबाट युवतीहरू आयात गर्न खोजिरहेका छन् ।  तर, केही परिवारहरू आफ्ना अविवाहित पुरुषहरूका लागि परम्परागत तरिकाले पनि दुलही खोज्न कटिबद्ध छन् ।

उदाहरणका लागि पूर्वी चीनको आन्हुइ प्रान्तकी ३३ वर्षीया महिलाले आफ्नो जीवनको पछिल्लो १२ वर्ष आफ्नो भाइलाई श्रीमती सुरक्षित गर्न पर्याप्त सम्पत्ति छ भनी समर्पण गरिन् ।

नाम नखुलेकी ती महिलाले मियाओवेन भिडियोलाई आफूले मासिक १ लाख युआन (१४,००० डलर) कमाइ हुने सानो रेस्टुरेन्ट सञ्चालन गरिरहेको बताइन् ।तरm गत १२ वर्षको मुनाफा आफूले प्रयोग गर्नुको सट्टा उनले भाइका लागि १२९ वर्ग मिटरको घर र एउटा नयाँ कारमा लगानी गरेकी थिइन् । उनले आफ्नो रेस्टुरेन्ट पनि उपहार दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट