‘डिप्रेशन’ के हो, कसरी बच्नें ? डाक्टर रबिना खड्काको टिप्स [भिडियोसहित]-Sutra News

‘डिप्रेशन’ के हो, कसरी बच्नें ? डाक्टर रबिना खड्काको टिप्स [भिडियोसहित]

मंगलबार, २० मंसिर २०७९

मंगलबार, २० मंसिर २०७९

संसारमा धेरै कारणले मानिसहरु डिप्रेशनको शिकार बनेका हुन्छन् ।



डिप्रेशन उमेरअनुसार हुने चिज पनि हो ।  व्यक्तिको भावनात्मक सामाजीक तरिकाले नराम्रो इम्प्याक्ट पर्यो भने मानिस मानसिक स्वास्थ्यको चपेटामा जान सक्छ ।

डिप्रेशन किन र कसरी हुन्छ यसका लक्षणहरु केके हुन सक्छन् भन्ने विषयमा सूत्रन्यूजले डाक्टर रबिना खड्कासँग कुराकानी गरेको छ ।

कुनै पनि व्यक्तिले आफ्ना कुराहरु कसैलाई शेयर गर्न नसकेर आफूभित्रै गुम्स्याएर राखेको अवस्थामा पनि मान्छे डिप्रेशनको सिकार बन्ने खड्का बताउँछिन् ।

कतिपय कुराहरुमा मानिसहरुको महत्वाकांक्षा बढ्दै जानु र पुरा हुन नसक्नु पनि डिप्रेशनको मुख्य कारक भएको डाक्टरको भनाई छ ।

सानो कुरामा रिस उठ्ने, झर्किने खानपानमा समय नमिल्ने, दैनिक गतिविधिहरुमा तलमाथि हुनु डिप्रेशनका मुख्य कारणहरु भएको डाक्टर रबिना खड्का बताउँछिन् ।

डिप्रेशन कति उमेर समूहको व्यक्तिमा बढी हुन्छ भन्ने सूत्रको प्रश्नमा डाक्टर खड्काले भनिन्, ‘खास गरेर पुरुषको तुलनामा महिलामा बढी डिप्रेशन हुन्छ र १८ देखि ४५ वर्षसम्मको उमेर समूहका लाई डिप्रेशनले छुन्छ । ‘

हेर्नुहोस् भिडियो:

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट