इभी नेपाल मोटर्सले नक्सालमा शोरुम उद्घाटनसंगै नयाँ इलेक्ट्रिक कार एयर इभी सार्वजनिक गरेको छ ।
कम्पनीले विगत केही समययता यसको वुकिङ लिँदै आइरहेकोमा आज एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक कारको औपचारिक लन्च गरेको हो । नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । यसको मूल्य क्रमश २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ शोरुम संचलानमा आएसंगै ग्राहकले शोरुममै गएर गाडीको अवलोकन र टेष्ट ड्राइभ समेत गर्न पाउने कम्पनीका साहयक महाप्रवन्धक एनके सरदले बताए । वुलिङ इभीले इन्डोनेसियामा एसएआइसी र जीएमसंगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । यो कार इन्डोनेशियाली बजारमा निकै लोकप्रिय रहेको छ ।
फोर सिटर र थ्री डोर यो ह्याचव्याकलाई कम्पनीले ग्लोवल स्मार्ट इलेक्ट्रिकल भेइकल प्लेटफर्मममा बनाएको हो । सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ । यसमा उपलब्ध गराइएको व्याट्रीलाई ४ घण्टमा फुल चार्ज गर्न सकिन्छ भने उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि दिएको छ ।
इभी नेपाल मोटर्सले लेभनिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर समेत आयत गरी कारोवार गर्दै आइरहेको छ । यो वज्र ग्रुप अन्तर्गतको अटोमोवाइल डिभिजन हेर्ने कम्पनी हो ।
हेर्नुस भिडियो –