ओलीसँगको भेटपछि करिश्मा मानन्धर भन्छिन् – ‘हरेक भेटमा केही राम्रो सुन्न पाएको छु’-Sutra News

ओलीसँगको भेटपछि करिश्मा मानन्धर भन्छिन् – ‘हरेक भेटमा केही राम्रो सुन्न पाएको छु’

शुक्रबार, २३ मंसिर २०७९

शुक्रबार, २३ मंसिर २०७९

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेकी छिन् । एमालेमा प्रबेश गरेदेखि नाम नै परिवर्तन गरी सूर्यकुमारी राखेकी उनले बिहीबार ओलीसँग भेट गर्न पुगेकी थिइन् । उनले ओलीकै आकर्षणले आफू एमालेमा प्रबेश गरेको बताउदै आइरहेकी छिन् ।



ओलीसाग आफ्नो भेट भएको बारे मानन्धरले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले अध्यक्ष ओलीलाइ शुभकामना दिने क्रममा मीठो भेटघाट भएको बताउकी छिन् । उनले ओलीसँगको हरेक भेटमा आफूले केही राम्रो सुन्न पाएको पनि बताएकी छिन् ।

उनले भनेकी छिन् – ‘हरेक भेट्मा केही राम्रो सुन्न पाउछु । बर्तमन स्थितिको ज्ञान र बुझाइ बिगत बनेर जान्छ अगाडि बढ्नको लागि नयाँ नयाँ ज्ञान र विचारको आविष्कार गर्नुपर्छ ।त्यो ज्ञान पनि आविष्कार भए पछी बिगत नै बन्छ न ।अर्को नयाँ ज्ञान र विचारको खोज हुने क्रम जारी हुन्छ । येसरी नै मानव सभ्यता विकसित हुदै आगाडी बढने हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट