काठमाडौं– एजुकेशन सिटी स्टेडियममा शुक्रबार विश्वकप २०२२को क्वार्टरफाइनलमा क्रोएसीयासँग भिड्दै ब्राजिलले छैंठौं पटक विश्व बिजेता बन्ने आशालाई जीवित राख्ने प्रयास गर्नेछ।
साबिकको विश्वकपमा फाइनलमा फ्रान्सको सामना गरेको क्रोएसीयाले ब्राजिलसँगको भेटका निम्ति सोमबार अन्तिम १६ मा जापानलाई पेनाल्टी सुट आउटमा ३–१ ले हराएको थियो।
क्रोएसीया अन्तर्राष्ट्रिय फुटबलको उच्च स्तरमा नाटक गर्न अपरिचित छैन। किनकी उनीहरूले सन् १९९८मा पहिलो विश्वकप फाइनलमा तेस्रो स्थानमा परेदेखि अन्तर्राष्ट्रिय स्तरका प्रमुख ७ खेलहरूमा अतिरिक्त समय लगाइएको छ।
विश्वकप प्रतियोगितामाचाहिँ क्रोएसीयाका पछिल्ला पाँच नकआउट खेलहरूमध्ये चार अतिरिक्त समयमा गएका छन् र जसमध्ये तीनवटा पेनाल्टीमा जीत निकालेको छ। साबिक विश्वकपमा ९० मिनेटमा क्रोएसीयाले सिध्याएको तथा हार व्यहोरेको फाइनल खेल मात्र थियो। जसमा उसले फ्रान्ससँग ४–२ को नतिजामा चित्त बुझायो।
शुक्रबार राती हुने ब्राजिलसँगको भेटमा क्रोएसीयाले खेल लम्ब्याउला वा ९० मिनेटमा नै निर्णय आउला भन्नेचाहिँ हेर्न बाँकी छ।
अहिलेसम्म भएका खेलको रेकर्डमा क्रोएसीयासँग ब्राजिलले एक पनि हार ब्यहोरेको छैन। एक बराबरी र तीन खेलमा ब्राजिलले जीत निकालेको छ।
१७ अगस्ट २००५ मा भएको क्रोएसीयासँगको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरी गरेको ब्राजिलले १३ जुन २००६ मा भएको विश्वकपमा १–० को जीत निकालेको थियो। यस्तै सन् २०१४ को विश्वकपमा ब्राजिलले ३–१ को जीत निकाल्दै क्रोएसीयालाई स्तब्ध बनाएको थियो भने ३ जुन २०१८ मा मैत्रीपूर्ण भेटमा पनि २–० को जीत निकालेको थियो।
ब्राजिलले क्रोएसीयासँगको खेललाई कमजोर आँकेको छैन। साबिक विश्वकपको उपबिजेता रहेको देशसँग भिँड्न ‘स्टार्टिङ इलेभेन’मा उसले खरो टोली उतार्ने सम्भावना छ।
ब्राजिलका लेफ्ट ब्याक एलेक्स स्यान्ड्रो हिपको चोटका कारण यो खेलमा उत्रिनेमा सम्भावना न्युन छ।
मुख्य प्रशिक्षक टिटेले पछि खुलासा गरेका छन् कि स्यान्ड्रो शुक्रबार खेल्ने सम्भावना छैन। टिटेले आफ्नो सुरुवाती लाइनअपमा धेरै परिवर्तनहरू गर्ने सम्भावना छैन, जसले कासेमिरो र लुकास पाकेटा सेन्टर–मिडफिल्डमा जारी देख्न सकिन्छ।
भिडियो हेर्नुस –
सेलेकाओ स्टार नेयमार घुँडाको चोटबाट निको भएर दक्षिण कोरियाविरुद्धको जीतमा सुरुआत र गोल गर्न सफल भएका थिए। उनको निरन्तरता हुनेछ।
टिटेले ब्राजिलका तर्फबाट ‘स्टार्टिङ इलेभेन’मा एलिसन, मिलिटाओ, थियागो सिल्भा, मार्किन्होस, डानिलो, क्यासिमिरो, पक्वेटा, राफिन्हा, नेयमार, भिनिसियस जूनियर र रिचार्लिसनलाई मैदानमा उतार्ने सम्भावना छ।
ब्राजिललाई होल्ड गर्दै अन्तिम समयमा जीत निकालेर अन्तिम चारका यात्रा तय गर्न क्रोएसीया पनि तत्पर छ। मुख्य प्रशिक्षक डालिकले आक्रामक रहेको ब्राजिललाई होल्ड गर्न डिफेन्स लाइनमा ध्यान दिने देखिन्छ।
उनले ब्राजिलको सशक्त आक्रमणलाई फितलो बनाउनका लागि स्टार्टिङ इलेभेनमा लिभाकोभिक, जुरानोभिक, लोभ्रेन, गार्डियोल, सोसा, कोभाकिक, ब्रोजोभिक, मोड्रिक, क्रमारिक, पेटकोभिक र पेरिसिकलाई उतार्ने सम्भावना छ।
५ पटकको विश्वबिजेता र साबिकको उपबिजेताको यो खेल हेर्नलायक हुने विश्लेषण गरिएको छ। खेलले कुन मोड लिन्छ त्योचाहिँ स्टेडियममा नै थाहा हुनेछ तर विश्लेषकहरूले यस भिडन्तमा ब्राजिलको २–१ को जीत निस्कनसक्ने आँकलन गरेका छन्।