काठमाडौं– नेपाली समयअनुसार शनिबार विहानको राती १२ः४५ मा हुने अर्जेन्टिना र नेदरल्यान्डसको क्वार्टफाइनल खेल जारी कतार विश्वकपको फाइनलजस्तै हुनेछ।
सबैभन्दा बढी फाइनल खेलेको नेदरल्यान्डसले दुई पटक विश्वकप उचालेको अर्जेन्टिनालाई सामुन्ने पाउँदा गोलकै प्रयत्न गर्नेछ। नेदरल्यान्डसका लागि आजको खेल गोल गर्नुभन्दा अर्को विकल्पको उद्देश्यका लागि हुनेछैन भने अर्जेन्टिना विपक्षी पोस्टमा जादुमयी गोल गर्न उद्दत रहनेछ।
आइकोनिक स्टेडियममा हुने खेल रोचक हुनेछ।
मुख्य प्रशिक्षक लुइस भान गालका खेलाडीले अमेरिकालाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका थिए भने दक्षिण अमेरिकी च्याम्पियनले अस्ट्रेलियालाई २–१ ले हराएर आफ्नो गौरवको आशा जीवित राख्यो।
वास्तवमा, नेदरल्यान्ड्स अब आफ्नो पछिल्लो पाँच विश्वकप प्रतियोगिता मध्य चारमा अन्तिम ८ मा पुगेको छ।
सन् १९९४ र सन् २०१० को उपबिजेताले विश्वकपमा क्वार्टरफाइनल जीत्न त्यति असफल भएको छैन। सबै प्रतियोगिताहरूमा नेदरल्यान्ड्सको अपराजित लय अहिले पनि कायम छ तर अर्जेन्टिनासँगको खेलमा केही सर्वोच्च खेल हुनैपर्छ। यसैले पनि यो खेललाई फाइनलजस्तै भनी टिप्पणी गरिएको हो।
अर्जेन्टिना हालै सन् २०१४ को क्वार्टरफाइनलबाट उपविजेताको बाटोमा अघि बढेको थियो तर त्यसअघि सन् १९९८, २००६ र २०१० मा अन्तिम आठमा उसले आफ्नो अन्तिम तीन ‘टाई’ गुमाएको थियो।
इतिहासले मुख्य प्रशिक्षक लियोनल स्कालोनीका खेलाडीहरूलाई हौसला दिइरहेको छ। तर अर्जेन्टिनाले नेदरल्याण्ड्सविरुद्ध आफ्नो पछिल्लो तीन खेलहरू प्रत्येकमा गोल गर्न सक्षमता देखाएको थिएन।
जहाँसम्म अर्जेन्टिनाको सवाल छ, सेभिल्लाका आक्रमणकारी पापु गोमेज अस्ट्रेलियाविरुद्धको ५० औं मिनेटमा खुट्टाको घुँडा मच्चिएर बाहिर आएका थिए। एन्जेल डि मारिया क्वाड्रिसेप्सको समस्याबाट निको हुन थालेका छन् र प्रतिस्थापनका लागि फिट हुने आँकलन गरिएको छ।
अति प्रतिक्षामा रहेको यो खेलमा नेदरल्यान्डसका तर्फबाट सुरुआती लाइनअपमा नोपर्ट, टिम्बर, भ्यान डाइक, एके, डम्फ्रिस। डी जोङ, डी रुन, ब्लाइन्ड, क्लासेन, गाक्पो, डिपे मैदानमा उत्रिने सम्भावना रहेको छ। यो बलियो डिफेन्ससहित आक्रमणकारी टोलीले अर्जेन्टिनासँग आमने सामने रही कडा चुनौति दिने अनुमान छ।
यसैगरी दक्षिण अमेरिकी बाघका रुपमा उदय गरेको अर्जेन्टिनाको सुरुआती लाइनअपमा मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, अकुना, फर्नांन्डीज, डी पाउल, म्याक एलिस्टर, डि मारिया, मेस्सी र अल्भारेज मैदानमा उत्रिने अनुमान गरिएको छ।
स्टार खेलाडीले भरिपूर्ण यी दुवै टोलीको अन्तर्राष्ट्रिय मञ्चमा ९ पटक भेट भइसकेको छ। जसमा नेदरल्यान्डसले चार खेलमा जीत निकाल्दा अर्जेन्टिना ३ मा मात्र सफल भएको छ। २ खेल बराबरीमा टुंगिएको थियो।
२६ मे १९७४ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई स्तब्ध पारेको नेदरल्यान्डस सोही बर्षको २६ जुनामा भएको विश्वकपको खेलमा ४–०को जीत निकाल्दै हर्ष विभोरता मनायो। तर अर्जेन्टिनाले यसको बदला सन् १९७८ को विश्वकपमा ३–१ को जीत निकाल्दै लिएको थियो।
बराबरी भएको सन् १९७९ को फिफा सेलिब्रेशनको भेटमा नेदरल्यान्डस टाई ब्रेकरमा स्तब्ध बन्यो। तर, १९९८ को विश्वकपमा २–१को जीत निकाल्दै नेदरल्यान्डसले अर्जेन्टिनालाई पैंचो तिरेको थियो।
३१ मार्च १९९९ मा भएको मैत्रीपूर्ण खेलमा एक–एक गोलको बराबरी गरेका यी दुवै टोलीको अर्को भेट १२ फेब्रुअरी २००३ मा भएको थियो। जसमा नेदरल्यान्डसले १–०को जीत निकाल्यो।
सन् २००६ को विश्वकपमा यी दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए भने अन्तिम भेट ९ जुलाई २०१४ मा हुँदा अर्जेन्टिनासँग स्तब्ध हुनु परेको थियो।
आठ बर्षपछिको मैदानी जम्काभेट रोचक हुने देखिएको छ।
अर्जेन्टिना र नेदरल्यान्डसको खेल टाई ब्रेकरसम्म पुग्ने अनुमान गरिएको छ। ९० मिनेटसम्म दुवै टिम गोलरहित बराबरीमा हुने सम्भावना केलाइएको छ।
भिडियो पनि हेर्नुस –