![upendra yadav](https://www.sutranews.com/wp-content/uploads/2022/07/upendra-yadav.jpg)
![जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम, को को परे ?](https://www.sutranews.com/wp-content/uploads/2022/07/upendra-yadav.jpg)
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टीको शनिवार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए ।
यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन् । पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।