काठमाडौं – पछिल्लो समय अभिनेता अजय देवगनको फिल्म दृश्यम २ को निकै चर्चा छ । प्रदर्शन भएदेखी नै यस फिल्मले बक्सअफिसमा धमाका मच्चाएको छ । रिलिज भएको २२ दिनमै यस फिल्मले १९६ करोड भारु कमाएको भारतिय मिडियाका जनाइएको छ ।
यससँगै यो फिल्म तेस्रो ठूलो फिल्म बन्न सफल भएको छ । यस फिल्मको अघि मात्र तानाजी र गोलमाल अगेन छन्। दृश्यम २ ले यस्तै कमाइ गरिरह्यो भने चाँडै गोलमाल अगेनको लाइफटाइम कलेक्सनलाई पछाडि छोड्ने अनुमान लगाइएको छ ।
अब फिल्म २०० करोड क्लबमा सामेल हुने तयारीमा छ । यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोड जम्मा गरेको थियो । यसअघि २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले पनि २०५.६९ करोड जम्मा गरेको थियो ।