कैलाली क्षेत्र नं १ बाट तीन महिला प्रतिनिधिसभामा-Sutra News

कैलाली क्षेत्र नं १ बाट तीन महिला प्रतिनिधिसभामा

आइतबार, २५ मंसिर २०७९

आइतबार, २५ मंसिर २०७९

कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ ।



क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)का रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीनजना महिलाको सहभागिता हुने देखिएको हो ।

प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै जनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिई सक्नुभएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो महिला हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट