रेशम चौधरीलगायतलाई छुटाउन सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेका भट्टराईले कविताबाटै लगाए आरोप-Sutra News

रेशम चौधरीलगायतलाई छुटाउन सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेका भट्टराईले कविताबाटै लगाए आरोप

सोमबार, २६ मंसिर २०७९

सोमबार, २६ मंसिर २०७९

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिमा अपराधीकरण गर्न खोजिएको बताएका छन् । सरकारले टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलगायतलाई छुटाउन सजिलो हुने गरि अध्यादेश ल्याउने तयारी गरेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।



उनले गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि नै प्रहार गरेको आरोप लगाएका छन् । उनले रेशमको नाम र अफ्ताबको काम भन्दै अपराधको राजनीतिकरण गर्न खोजीएको बताए ।

उनले भने ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब गठबन्धन रहुञ्जेल । यो त कास्टिङ मात्र हो । पूरा सिरिज त आउन बाँकी नै छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट