यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु-Sutra News

यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

साना, २७ मंसिर-यमनको गृहयुद्धमा ११ हजारभन्दा बढीको बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । करिब आठ वर्ष अघिदेखि चर्किएको ११ हजार भन्दा बढी बालबालिका मारिएका वा अपांग भएका संयुक्त राष्ट्रसंघले सोमबार जनाएको हो ।



द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने पनि राष्ट्रसंघले आँकलन गरेको छ । ‘यस द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने सम्भावना छ’, राष्ट्रसंघीय बाल निकाय युनिसेफले भनेको छ ।युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, ‘हजारौं बालबालिकाले आफ्नो ज्यान गुमाइसकेका छन् । हजारौँ अझै रोकथाम गर्न सकिने रोग वा भोकमरीबाट मृत्युको जोखिममा छन् ।

’ पाँच वर्षमुनिका झन्डै २२ लाख यमनी बालबालिकाहरू कुपोषित भएका उनीहरुमध्ये धेरैजसो हैजा, दादुरा रोगहरूको चरम जोखिममा रहेका पनि युनिसेफले जनाएको छ । सन् २०१४ मा यमनको युद्ध सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट