हेर्नुहोस् यस्तो छ आजको तरकारी र फलफूलको मूल्य-Sutra News

हेर्नुहोस् यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार मंलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ ररहेको छ । अनार पनि प्रतिकेजी २७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।



अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहेको छ । यता अदुवा ५६ रुपैया २५ पैसा, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, सेतो आलु ३९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २९ रुपैयाँ, कागती १०६ रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ कायम रहेको छ ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा,  घिरौला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैया, लोकल परवर ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४७ रुपैयाँ २० पैसा र हरियो धनिया १२३ रुपैयाँ ३३ पैसा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट