यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमयदर-Sutra News

यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमयदर

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं – अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७६ ३४ पैसा र बिक्रीदर १३२ १३१ रुपैयाँ ३६ ९४ पैसा कायम गरिएको छ। अमेरिकी डलर सोमबारको तुलनामा म‌ंगलबार ४२ पैसाले उकालो लागेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।



राष्ट्र बैंकले मंलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोको मूल्उ अघिल्लो दिनको तुलनामा ७९ पैसाले बढेको हो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । सोमबार भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।

यता, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा २३ पैसाले क्यानेडियन डलरमा वुद्धि भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ। सोमबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा तोकिएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा तोकेको छ।यता, मलेसियन रिंगिट एकको खरिददर मंलबार २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट