लोसपा सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने-Sutra News

लोसपा सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । पार्टीका शीर्ष नेताहरुबीचको बैठकले सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णयगरेको हो ।



चुनावमा सत्ता गठबन्धनसँग तालमेल गरेको कारण अब सरकारमा पनि समर्थन गर्ने बैठकले निर्णय गरेको हो । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने बताए ।

उनले भने हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्छौं ।

प्रतिनिधि सभामा ४ वटा सिट जितेको लोसपाले कार्यकारिणी समितिको बैठक केही दिनमा बसेर यसबो थप निर्णय गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट