यी व्यक्तिले प्रहरीलाई किन २ हजार पटक फोन गरे ?-Sutra News

यी व्यक्तिले प्रहरीलाई किन २ हजार पटक फोन गरे ?

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

एजेन्सी – जापानका एक वृद्धले हालै प्रहरी चौकीमा नौ दिनमा २,०६० पटक फोन गरेर त्यहाँका कर्मचारीहरूलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । उनले फोन गरेर कर्मचारीहरूलाई  ‘कर चोर’ र ‘खाली स्थानमा रहेको ठूलो मूर्ख’  भनेका थिए ।



सेप्टेम्बर ३० र अक्टोबर ८ को अवधिमा सैतामा प्रिफेक्चरका ६७ वर्षीय व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २, ०६० पटक फोन गरेर दुःख दिएका थिए । उनले त्यहाँका सबै कर्मचारीहरूलाई बर्खास्त गर्न भनेका थिए । त्यो हरेक ६ मिनेटमा औसत एक कल र नौ दिनको  अन्तरालमा लगभग २७ घण्टा कुल टक टाइम हो ।

अन्ततः प्रहरीले उक्त व्यक्तिको घरमा छापा मारेर प्रहरी गतिविधिमा अवरोध गरेको भन्दै पक्राउ गरेको थियो । उनले आरोप स्वीकार गरेका छन् । उनले भने, ‘मलाई थाहा थियो एक दिन पुलिस मेरो लागि आउनेछ ।’

यस अनौठो केसको बारेमा जापान प्रहरीले अनुसन्धान जारी राखेको छ । तर, नाम गोप्य राखिएका ती व्यक्ति प्रहरीलाई सहयाेग गर्न धेरै उत्सुक नभएको बताइएको छ । चाखलाग्दो कुरा के छ भने मानिसको फोन रेकर्ड नुसार ती व्यक्तिले वर्षौंदेखि पुलिसलाई कल गर्दै आएको थियो । तर, भर्खरै केही रहस्यमय कारणले गर्दा उसले आफ्ना गतिविधि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट