नेतादेखि सुरक्षा अधिकारीका डबल अफेयर र स्क्यान्डलको तथ्य, को–को छन्?-Sutra News

नेतादेखि सुरक्षा अधिकारीका डबल अफेयर र स्क्यान्डलको तथ्य, को–को छन्?

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं– नेपालको सामाजिक परिवेशमा विवाहहेत्तर सम्बन्ध कायम राखेका घटनाबारे राष्ट्रिय महिला आयोगदेखि प्रहरीसम्म उजुरीका चाङ हुने गरेका छन्। अदालतमा यस्ता मुद्दा व्यापक आउने गरेका छन्।



आम साधारणका हकमा यस्ता घटना सामान्यजस्तै देखिए पनि राजनीतिक वृत्तमा नाम कमाएका नेता र सुरक्षा निकायका अधिकारीसम्मका पनि विवाहेत्तर सम्बन्ध र स्क्यान्डलका तथ्य सतहमा आउने गरेका छन्।

चर्चित नेतासहित सुरक्षा निकायका व्यक्तिको अफेयर र स्क्यान्डलका विषयमा केही तथ्य राख्ने कोशिश गरिएको छ जसका कारण कतिपयको जागिर गयो भने कोही राजनीतिक भुङ्ग्रोमा परे।

सुदूरपश्चिम प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई यस्तै प्रकरणले राजीनामा गर्नका लागि बाध्य पारेको थियो। पार्टीकी एक जना महिलासँगको सम्बन्धमा खटपट आएपछि उक्त विषय तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगेपछि सोडारीको राजीनामा आएको थियो।

हाल नेकपा एकीकृत समाजवादीमा रहेका सोडारीको एक महिलासँगको सम्बन्धको अडिओ रेकर्ड बालुवाटारसम्म पुगेको थियो। विभिन्न पदको लाभ दिने भन्दै एमाले रहँदा सँगै काम गरेकी महिलासँग सोडारीको सम्बन्ध थियो।

यसका विषयमा उनकी पत्नी गीता सोडारी पनि जानकारी थिइन्। गीताले ति महिलालाई विभिन्न धम्की दिएको अडियो बालुवाटार पुगेको थियो।

लगत्तै यस्ता खबरहरू सार्वजनिक हुने क्रम जारी भए। लामो समयसम्म सम्बन्ध कायम रहेको भन्ने जानकारीसहित राज्यको ठूलो ओहदामा रहेका तत्कालिन सभामुख कृष्णबहादुर महराको संसद सचिवालयकी कर्मचारीसँग सम्बन्ध स्थापित हुँदा हिंसा भएकोे भन्ने जानकारी सार्वजनिक भयो।

त्यतिमात्र भएन महराको सभामुख पद जानुका साथै पूर्पक्षका लागि थुनामा बस्नु परेको थियो। पछि उनी निर्दोष साबित हुँदै निस्किए।

यसको कारणका रुपमा ति महिलाको सरुवा नगरिदिएको भन्ने विषय आयो। सरुवाको लाभको कुरा मात्र नभएर सतहमा रकमको सहयोग गरेका गसिप पनि चलेका थिए।

नेपालमा मात्र होइन विभिन्न मुलुकका राजनीतिक पार्टीमा आवद्ध, शक्ति केन्द्रमा पुगेका मानिसका यस्ता स्क्यान्डल सार्वजनिक नभएका होइनन् ।

सन् २०१४ मा भारतीय कांग्रेसका महासचिव नै रहेका बेला दिगविजय सिंह र महिला पत्रकार अमृता रावबीच सम्बन्ध रहेको तस्बिर एमएमएस सार्वजनिक भएको थियो। उनीहरूले त्यसबेला वैवाहिक सम्बन्धमा बाँधिन लागेको भन्ने तर्क गरेका थिए।

आन्ध्र प्रदेशको गभर्नर रहेका बेला एनडी तिवारीको तीन महिलासँग निवासमा रहेको सीडि बाहिरिएको थियो। यसले पनि मिडियालाई खुबै तताएको थियो।

एक महिला नेतृकाअनुसार तहगत हिसाबमा नै सम्बन्ध कायम राखेर नेताहरूले चुनावी मैदानमा उतार्ने बचन दिने गरेकासम्म घटना नेपालकै राजनीतिक दलभित्र छन्। चुनाव नजिकिएको बेला टिकटका लागि अथवा कुनै राजनीतिक नियुक्तिका बेला सम्बन्धित नेताले यौनजन्य सम्बन्धको अपेक्षाको संकेत गर्छन्।

उनी यति मात्र मान्दिनन्, कतिपय अवसर लिने महिलाहरूले नै लिफ्ट दिएर सम्बन्धहरू स्थापित भएका छन्। त्यसमा अवसर लेनदेनका घटना पर्याप्त रहेको उनको बुझाई छ।

नेपाली राजनीतिमा रहेका विविध व्यक्तिका पोस्ट म्यारिज अफेयर तथा स्क्यान्डल बाहिर आउनुको कारणचाहिँ दुईवटा पाटोमा व्याख्या गरिन थालिएको छ।

सम्बन्धित व्यक्तिले अवसर नदिएपछि त्यसको आवेगमा सामाजिक सञ्जाललगायतमा उत्रिनु र दोस्रोचाहिँ कसैको प्रयोग र उक्साहटमा राजनीतिक चरित्र समाप्त पार्नु रहेको बताइन्छ।

प्रतिष्ठासँगै शक्ति हातमा भएपछि त्यसको वरिपरि पुग्ने महिला पनि कम छैनन् भने त्यसको दुरुपयोग गरी स्वार्थ पूरा गर्ने व्यक्ति पनि भएकैले यस्ता घटना सुनिने र चर्चामा आउने गरेका हुन्।

राष्ट्रिय महिला आयोगमा बहुविवाह र विवाहेतर सम्बन्धका यस्ता ‘केस’ बारम्बार आइरहन्छन्। यस्ता मामिलामा आयोगले प्रहरी कार्यालय वा सम्बन्धित निकायमा लगेर टुंगो लगाउने गरेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाभित्र बहुविवाहका धेरै उजुरी पर्ने गरेका छन्। पतिले अत्याचार गरेको भनी आउने उजुरीमा प्रायः विवाहेत्तर सम्बन्धको कारण खुलाइने गरेको छ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका उच्च तहका अधिकारीविरुद्ध पनि यस्ता उजुरी आउने गरेको आयोग स्रोतले जनाएको छ।

आर्थिक रूपमा श्रीमान्मा आश्रित महिलाहरूले यस्ता समस्या लुकाउने वा गुपचुप राख्ने गरेको पनि अध्ययनबाट पाइएको छ।

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार प्रहरी कार्यालयले यस्ता उजुरी आएमा विभागीय कारबाही हुन्छ।

यता हाल नक्साल प्रहरी प्रधान कार्यालय सुरक्षा निर्देशनालयमा कार्यरत असई कविता (नाम परिवर्तन) विवाहेतर सम्बन्धकै कारण आफ्नो श्रीमानसँग छुट्टिएर बसेकी छिन्। केही वर्षअघि नेपाल प्रहरीको कालिमाटी महिला सेलमा उनी हवलदार थिइन्।

आफ्नै संगठनमा काम गर्ने एक जना सईसँग प्रेमविवाह गरिन्।  कविताकी एक छोरी भइन्। बच्चा पेटमा आएदेखि उनको श्रीमान्को व्यवहार परिवर्तन हुन थाल्यो। उनी डेरामै आउन छाडे। बाहिर अर्की राखेको भन्ने गाइँगुइँ कविताले सुनिन।

नयाँ मुलुकी ऐन आएपछि भने उच्च तहका अधिकारीदेखि सबै विवाहेत्तर सम्बन्धबाट टाढा हुन खोजीरहेका छन्। नयाँ मुलुकी ऐनले यस्ता सम्बन्धबारे गरेको कडा कानुनले धेरैले जेलयात्रा खेप्नु परेको छ।

सम्बन्ध कायम गरेकै कारण अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछाने यतिबेला थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट