आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै-Sutra News

आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ ।



४  मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो ।

तर, आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो ।
आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट