![arjun](https://www.sutranews.com/wp-content/uploads/2022/12/arjun.png)
![बढ्यो अर्जुननरसिंह केसीको दौडधुप, प्रचण्ड र ओली पछि भेटे बाबुराम](https://www.sutranews.com/wp-content/uploads/2022/12/arjun.png)
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले दौडधसप बढेको हो ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका केसीले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन् । बुधबार भट्टराईको निवास टोखा पुगेका केसी र भट्टराईबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
नुवाकोट २ बाट प्रतिनिधि सभा सांसद जितेका केसी केही दिनअघि ओली र प्रचण्डलाई भेट गरेर सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी गरेका थिए । कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।