कुन्ती पोखरेलको नेतृत्वमा दवाव दिएपछि लामोसमयदेखि धुलाम्य भएको थली सडकमा शुरु भयो कालोपत्रे-Sutra News

कुन्ती पोखरेलको नेतृत्वमा दवाव दिएपछि लामोसमयदेखि धुलाम्य भएको थली सडकमा शुरु भयो कालोपत्रे

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

काठमाडौं – चाबहिल–साँखु खण्डको थलीमा सडक कालोपत्रे सुरु भएको छ । लामोसमयदेखि धुलाम्य भएको सो सडक निरन्तर विरोध र आन्दोलनका कार्यक्रमपछि कालोपत्रे सुरु भएको हो ।



मनोहरा नगरपालिका वडा नम्बर ५ मा पर्ने थलीमा कालोपत्रे नभएपछि विरोध प्रदर्शन गरिएको थियो । राप्रपा नेतृ कुन्ती पोखरेलको नेतृत्वमा कालोपत्रे गर्न दवाव दिएपछि सो सडकको कालोपत्रे सुरु भएको हो । दिनरात नभनी स्थानीयबासीको सक्रियतामा भएको आन्दोलनपछि कालोपत्रे शुरु भएको नेतृ पोखरेलले बताइन् ।

उनले भनिन् विगतमा हालको राष्ट्रपतिले चुनाव जितेको क्षेत्र, पूर्व प्रधानमन्त्री माधव नेपालले चुनाव जितेको क्षेत्रको बाटो कहिल्यै नबनेपछि स्थानीयबासीको साथमा हामीले आन्दोलन गर्नुपर्ने अवस्था आयो । दिनरात नभनी स्थानीयबासीको सक्रियतामा भएको आन्दोलनपछि यो सम्भव भयो ।

सोमबार रातिदेखि कालोपत्रे गर्न शुरु भएपछि नेतृ पोखरेलले लाइभ भिडियोमार्फत जानकारी गराएकी थिइन् । देशका धेरै सडक र पुल ठेकेदारहरुको लापरवाहीले काम पूरा हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट