रविले जितेको ठाउँमा पुन मतदान माग गर्दै एक टोलि सर्वोच्चतिर-Sutra News

रविले जितेको ठाउँमा पुन मतदान माग गर्दै एक टोलि सर्वोच्चतिर

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९
adalat

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ ।



अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ । रिट निवेदनमा भनिएको छ, “लामिछाने नेपाली नागरिक नभएकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको हुँदा चितवन क्षेत्र नं २ मा पुनः मतदान हुनुपर्छ ।”

रिट निवेदनमा अमेरिकी नागरिकतासँगै नेपाली नागरिकता लिएर दल दर्ता गराएको र नेपाली नागरिकता नलिएकाले निर्वाचित भएको पद रिक्त हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट