साढे ७ लाख जरिवाना मिनाहा गरिदिनुहोस्- बालेन, गर्न मिल्दैन- आयोग-Sutra News

साढे ७ लाख जरिवाना मिनाहा गरिदिनुहोस्- बालेन, गर्न मिल्दैन- आयोग

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

निर्वाचन आयोगले तोकेको जरिवाना नतिर्न काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आयोगलाई निवेदन दिए तर आयोगले त्यसलाई अस्वीकार गरेको छ ।



उनले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानुनी व्यवस्था रहेकाले बालेनले जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका आायोगले जनाएको छ ।

प्रमुख शाहले आफू निर्वाचित भएलगत्तै समााजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गरेका छन् ।

यस्तै निर्वाचन आयोगले प्रमुख शाहको निवेदनमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट