४२८५ जनाको धरौटी जफत-Sutra News

४२८५ जनाको धरौटी जफत

बिहिबार, २९ मंसिर २०७९

बिहिबार, २९ मंसिर २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन्।



आयोगका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १ हजार ७७२ पुरुष र १८९ महिलासहित १ हजार ९६१ तथा प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक अन्यसहित २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी ७६.०४ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको हो।

मत सदर भएको आयोगले जनाएको छ। प्रतिनिधिासभा समानुपातिकतर्फ बदर मत ५.०९ प्रतिशत छ।

त्यस्तै प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १ करोड १० लाख ३४ हजार ५ सय (६१.३६ प्रतिशत) ले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएको छ। प्रदेशसभा प्रत्यक्षतर्फ बदर मत ४.०७ प्रतिशत छ। प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ १ करोड १० लाख २८ हजार ३ सय ७६ (६१.३१ प्रतिशत) जना मतदानमा सहभागी भएका थिए। जसमध्ये १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ। प्रदेशसभा समानुपातिकतर्फ ६.५५ प्रतिशत मत बदर भएको छ। नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट