काठमाडौं । शिवम् सिमेन्ट्सले लगानीकर्तालाई आर्थिक बर्ष ०७८/०७९ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ।कम्पनीको बुधबार बसेको सञ्चालक समिति १०८औं बैठकले सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीको पुस २९ गते साधारणसभा हुने भएकोले सोही दिन प्रस्तावित लाभांश सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
चुक्ता पूँजी चार अर्ब चालिस करोडको करसहित १०.५३ प्रतिशतको दरले नगद लाभांश दिने घोषणा गरेको हो ।
साथै, कम्पनीको पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् भने कम्पनीले पुस २० गते सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछ ।