सिके राउतको ध्यान कृषि मन्त्रालयतिर-Sutra News

सिके राउतको ध्यान कृषि मन्त्रालयतिर

बिहिबार, २९ मंसिर २०७९

बिहिबार, २९ मंसिर २०७९
फाइल तस्बिर

काठमाडौँ । जनमत पार्टीका अध्यक्षसमेत रहेका निर्वाचित सांसदले पछिल्लो समय मुख्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता बढाएका छन् ।



जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरका साथ हराएर राउत सप्तरीबाट निर्वाचित भएका थिए ।

प्रतिनिधिसभामा उनको पार्टीले ६ सिट जितेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर उनले आफू सरकारमा जान सकारात्मक भएको बताइसकेका छन् । त्यस्तै देउवा उनीप्रति सकारात्मक छन् ।

उनले आफ्नो भागमा कृषि मन्त्रालय पार्न खोजेको उनीनिकट नेताहरुले बताएका छन् ।

किसानका समस्या समाधानको लागि आन्दोलनमा उत्रिएका राउतले कृषि मन्त्रालय आफ्नो भागमा पार्न चाहेका  हुन् ।

यता निर्वाचन आयोगले चुनावको परिणाम प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । अब केही दिनमा नै राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट