काठमाडौं, १ पुस -रसुवागढी हाइड्रो पावरको सञ्चालक समिति अध्यक्षमा प्रदीपकुमार थिके चयन भएका छन् । मंसिरदेखि नै उनलाई अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ। यससँगै कम्पनीको ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ ।
अध्यक्ष थिकेसँगै प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद तिमल्सिना र ध्रुवप्रसाद अधिकारी सञ्चालक समितिमा रहेका छन् । यसअघि, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा माधवप्रसाद कोइराला थिए ।