देशभर चिसो बढ्यो, अब बिहानीपख हुस्सु–कुहिरो लाग्ने हुनाले सर्तकता अपनाउन आग्रह-Sutra News

देशभर चिसो बढ्यो, अब बिहानीपख हुस्सु–कुहिरो लाग्ने हुनाले सर्तकता अपनाउन आग्रह

शुक्रबार, १ पौस २०७९

शुक्रबार, १ पौस २०७९

काठमाडौँ – देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।



विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो ।

अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट